नियम ३९
संरचनाको सुरक्षा व्यवस्था
(१) संरचनाको सुरक्षा तथा पानीको चोरी, दुरुपयोग वा अनधिकृत प्रयोग हुन नदिनको लागि देहायका कार्य गर्न नपाउने गरी निषेध गर्न सकिनेछ ः–
(क) संरचनामा अनधिकृत प्रवेश गर्न,
(ख) संरचना भत्काउन, बन्द गर्न वा त्यसमा अरु कुनै कुराको हेरफेर गर्न,
(ग) संरचनामा आउने जाने पानी घटाउन वा बढाउन,
(घ) संरचनाको पानी प्रदुषण गर्न,
(ङ) सिंचाइको प्रयोजनको लागि राखिएको सड्ढेत वा चिन्ह बिगार्न वा सार्न,
(च) संरचनाको पानीको प्रवाह नियन्त्रण गर्ने कुनै यन्त्र वा सो यन्त्रको कुनै
पार्टपुर्जालाई चलाउन, सार्न वा बिगार्न,
(छ) प्रवेश निषेध गरिएको सिंचाइ क्षेत्रभित्र कुनै चौपाया हिडाउ“न, चराउन वा छाडा छाड्न,
(ज) प्रवेश निषेध गरिएको सिंचाइ क्षेत्रभित्र सवारी चलाउन,तर सिंचाइ क्षेत्रलाई हानी नपुग्ने गरी सम्बन्धित परियोजनाले तोकिदिएको
शुल्क तिरी त्यस्तो निषेधित ठाउ“मा सवारी चलाउन पाउने गरी अधिकार प्राप्त अधिकारीले स्वीकृति दिन सक्नेछ ।
(झ) सिंचाइ प्रणालीमा रहेका बा“ध (हेडवक्र्स) र नदीमा रहेका अन्य संरचनाको तल माथि सम्बन्धित सिंचाइ कार्यालयले तोकिदिएको क्षेत्रभित्र ढुंगा, बालुवा आदि निकाल्न,
(ञ) नहरको डिल काट्न, नहर वा संरचनाबाट पानी जाने वा आउने स्रोत अदल बदल गर्न वा सो कुराको प्रयास गर्न,
(ट) संरचनालाई कम उपयोगी तुल्याउने गरी नदी वा खोलाको धारमा अवरोध खडा गरी पानीको बहाउलाई नियन्त्रण गर्न,
(ठ) सिंचाइ व्यवस्थालाई प्रतिकूल असर पर्ने गरी नदी, खोला, छहरा, ताल, पोखरी वा त्यसको कुनै भागलाई कुनै किसिमसँग च्याप्ने वा मिच्ने काम गर्न,
(ड) स्वीकृति बेगर पम्पद्वारा पानी तान्ने काम गर्न ।
(२) उपनियम (१) बमोजिम निषेध गरिएको कुराको सूचना सम्बन्धित सिंचाइ कार्यालय वा परियोजनाले सर्वसाधारणको जानकारीको लागि सम्बन्धित सिंचाइ क्षेत्रको मुख्य मुख्य ठाउँमा र सिंचाइ कार्यालयमा तथा जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा टा“स्नु पर्नेछ ।